ढुंगाखानीमा ज्यान गुमाएका खड्काको परिवारलाई वडा र पालिकाको किरिया खर्च सहयोग

मेल्लेख, अछाम । मेल्लेख गाउँपालिका–५ मा ढुंगा निकाल्ने क्रममा माथिबाट आएको ढुंगाले पुर्दा ज्यान गुमाएका ६३ वर्षीय नरबहादुर खड्काको परिवारलाई किरिया खर्च प्रदान गरिएको छ ।
सोमबार मेल्लेख गाउँपालिका वडा नं. ५ का अध्यक्ष प्रकाश अधिकारले मृतक खड्काको परिवारलाई किरिया खर्च स्वरूप नगद २५ हजार सहयोग गरेका छन् ।
त्यस्तै मेल्लेख गाउँपालिकाले पनि किरिया खर्चस्वरूप थप २५ हजार उपलब्ध गराएको छ। गाउँपालिका अध्यक्ष ज्वालासिंह साउँदले सो रकम मृतकका परिवारलाई हस्तान्तरण गरेका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले जानकारी दिए ।
उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै गाउँपालिकाले मृतकका परिवारलाई थप आवश्यक सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
क्याटेगोरी : पालिका, समाचार
प्रतिक्रिया