स्वास्थ्य बिमा गरेकालाई बयालपाटा अस्पतालमा छुट्टै सेवा : दर्तादेखि जाँचसम्म सहजता

अछाम । अछामको बयालपाटा अस्पतालले स्वास्थ्य बिमामा आवद्ध बिरामीहरूका लागि सहज उपचार सेवा प्रदान गर्दै आएको छ।
यस अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई मात्र लक्षित गरी छुट्टै दर्ता तथा जाँच सेवा (ओपिडी) सञ्चालन गरिएको छ।
यो व्यवस्थाले स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई पालो कुर्नुपर्ने झन्झट हटाइदिएको छ। पहिले अन्य बिरामीहरूसँगै लामो समय कुर्नुपर्ने बाध्यता हटेसँगै स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई सहज सेवा प्राप्त गर्न थालेकन छन् ।
बिमित बिरामीका लागि दर्ता समय १ घण्टा थप
सामान्य बिरामीहरूको लागि अस्पतालमा शुक्रबार बाहेक बिहान ९ बजे देखि १२ बजेसम्म दर्ताको समय तोकिएको छ। तर स्वास्थ्य बिमा गरेका बिरामीहरूका लागि १ बजेसम्म दर्ता सुविधा उपलब्ध गराइएको अस्पतालका दर्ता सहयोगी मुकुन्द रावल बताउँछन् ।
हाल दैनिक ४० देखि ५० जना बिमित बिरामीहरू विभिन्न सेवा लिन आउँछन्। स्वास्थ्य बिमामा सूचीबद्ध भएपछि अस्पताललाई पनि केही आर्थिक राहत मिलेको छ।
अस्पतालका सूचना अधिकारी पूर्ण बहादुर खड्काका अनुसार बयालपाटा अस्पताल स्वास्थ्य बिमाको सूचिकृत पश्चात् अस्पताललाई आर्थिक व्यवस्थापनमा केहि राहात मिलेको छ।
आर्थिक अभाव झेल्दै आएको यस अस्पतालमा बिमामा आवद्द बिमितहरुको उपचारका कारण केही राहत मिलेको खड्का बताउछन् ।
बयालपाटा अस्पताल गैरसरकारी संस्था न्याय हेल्थ नेपाल र सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको सहकार्यमा सञ्चालित छ।
अस्पतालले बहिरंग सेवा (ओपिडी) लगायतका स्वास्थ्य सेवाहरू निःशुल्क प्रदान गर्दै आएको छः
✅ आकस्मिक सेवा
✅ रक्त सञ्चार सेवा
✅ शल्यक्रिया सेवा
✅ मानसिक स्वास्थ्य सेवा
✅ सुरक्षित मातृत्व सेवा
✅ सामुदायिक स्वास्थ्य सेवा
✅ हाडजोर्नी विशेषज्ञ सेवा लगायत थुप्रै अन्य सेवा
हाल अस्पतालले स्वास्थ्य बिमा भएका बिरामीहरूलाई विशेष प्राथमिकता दिँदै उपचार सेवा उपलब्ध गराइरहेको छ।
स्वास्थ्य बिमामा सुचिकृत अस्पतालहरुमध्ये बयालपाटा अस्पतालले बिमित बिरामीका लागी थप सहुलियत र सहजता प्रदान गरेकोप्रति स्वास्थ्य बिमा बोर्ड अछामका प्रमुख मनकला न्यौपाने खुसी व्यक्त गर्छिन् ।
अन्य सुचिकृत अस्पतालमा बिरामीले उपचारकै लागि थप झन्झट व्यहोर्नु पर्ने बाध्यता रहेकोमा बिमितहरुकै लागी बयालपाटा अस्पतालमा छुट्टै दर्ता र ओपिडी सेवा संचालन प्रशंसनिय र नयाँ सुरुवात भएको उनको भनाई छ ।
यस प्रकारको सुरुवातले बयालपाटा अस्पतालको सेवा क्षेत्र भित्रका नागरिकहरु स्वास्थ्य बिमाप्रति थप आकर्षित बनेको उनले उल्लेख गरेकि छन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा
प्रतिक्रिया