अछामको रामारोशनमा ३०औं जनयुद्ध दिवस भव्य रूपमा मनाइने

अछाम – ३०औं जनयुद्ध दिवसको अवसरमा अछामको रामारोशनमा बृहत् कार्यक्रम आयोजना गरिने भएको छ। नेकपा (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (विप्लव) को रामारोशन गाउँपालिका कमिटी ले संयुक्त रूपमा दिवस मनाउने निर्णय गरेका छन्।
जनयुद्धको सुभारम्भ भएको २०५२ साल फागुन १ गते को ऐतिहासिक दिनलाई भव्य रूपमा मनाउने उद्देश्यले रामारोशन गाउँपालिका-५, मुजाबगर मा बृहत् जनसभा तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिन लागेको हो।
जनयुद्धका उपलब्धिलाई उजागर गर्ने लक्ष्य
नेकपा (माओवादी केन्द्र) रामारोशन गाउँपालिका इञ्चार्ज पहल साउद का अनुसार गणतन्त्र, संघीयता, समावेशी र समानुपातिक प्रणालीको स्थापनामा जनयुद्धको महत्वपूर्ण योगदान रहेको स्मरण गराउँदै यस दिवसलाई उल्लासमय बनाउन कार्यक्रम तय गरिएको हो।
नेकपा अछामका सचिव निरक सी ले पछिल्लो समय जनयुद्धका उपलब्धिलाई अवमूल्यन गर्ने अभिव्यक्तिहरू आइरहेकाले त्यसको खण्डन र भण्डाफोर गर्न जनयुद्ध दिवसलाई भव्य रूपमा मनाउन लागिएको बताए।
शहीद परिवार सम्मान र सांस्कृतिक झाँकी प्रस्तुत गरिने
कार्यक्रममा शहीद परिवार सम्मान, विभिन्न सांस्कृतिक झाँकी, र गाउँपालिकाका सबै वडाबाट सांस्कृतिक टोलीहरूको सहभागिता रहने नेकपा (माओवादी केन्द्र) रामारोशन गाउँपालिका कमिटी अध्यक्ष खकेन्द्र साउद ले जानकारी दिए।
यस बृहत् कार्यक्रमका लागि स्थानीय नेता, कार्यकर्ता, तथा स्थानीय बासिन्दाहरूबीच तयारी तीव्र पारिएको छ।
आयोजकहरूले कार्यक्रमलाई ऐतिहासिक बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको बताएका छन्।
क्याटेगोरी : पालिका, राष्ट्रिय, सुदूरपश्चिम
प्रतिक्रिया