पत्रकार ललित सिंहमाथि आक्रमण : नेपाल पत्रकार महासंघको घोर भर्त्सना

बझाङ: नेपाल पत्रकार महासंघ बझाङका अध्यक्ष ललित सिंहमाथि सोमबार राति चक्कु प्रहार भएको छ।
राति करिब ११ः३० बजेतिर विनोद कठायतको समूहले उनलाई कोठामा बोलाएर आक्रमण गरेको बताइएको छ।
आक्रमणका क्रममा सिंहको आँखा माथिल्लो भागमा चोट लागेको छ । उनलाई तत्कालै जिल्ला अस्पताल बझाङमा उपचारका लागि लगिएको थियो। अहिले उनी उपचारपछि घर फर्किसकेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बझाङका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाका अनुसार २९ वर्षीय विनोद कठायत, २६ वर्षीय शितल कठायत र २८ वर्षीय नरेश द्वाललाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनपछि विवाद हुँदा कुटपिट भएको खुल्न आएको छ। नेपाल पत्रकार महासंघ बझाङले घटनाको कडा निन्दा गर्दै प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको जनाएको छ।
महासंघले विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेको छ।
क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया