एमालेको वडा केन्द्रित अभिमुखिकरण कार्यक्रम बान्नीगढीमा सम्पन्न

अछाम । बान्नीगढी जयगढ गाउँपालिकामा नेकपा एमालेद्वारा आयोजित वडा केन्द्रित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको अध्यक्षता पार्टीका पालिका कमिटी अध्यक्ष हर्क साउँदले गरेका थिए भने प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज झपट बोहरा रहेका थिए।
विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ इन्चार्ज कमलराज तिमिल्सिना उपस्थित थिए।
अन्य अतिथिहरूमा प्रदेश सचिवालय सदस्य मीनबहादुर कुँवर, खकेन्द्र रोकाया, निर्मला रावल, जिल्ला कमिटी सदस्य नवराज साउँद, पंकज शाह, पुष्पराज भट्ट, सुरत भुल रहेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि झपट बोहराले एमालेविरोधीहरू सक्रिय रहेकाले आम नागरिक सचेत बन्नुपर्ने आवश्यकता औंल्याएका छन्।
आगामी २०८४ सालको निर्वाचनमा नेकपा एमालेलाई बहुमत सहितको निर्णायक शक्ति बनाउन सबैले आफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा बोहराको जोड छ।
कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताहरूले नेकपा एमालेलाई अझ बलियो बनाउन गोलबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
कार्यक्रमको सञ्चालन पालिका सचिव लोकबहादुर ठकुल्लाले गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया