Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

रावलको मातृभुमि जागरण अभियान एक “एनजिओ” हो : ईन्चार्ज ब‍ोहरा


अछाम । नेकपा एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला ईन्चार्ज झपट बहादुर बोहराले मातृभुमि जागरण अभियानलाई एक गैर सरकारी संस्था (एनजिओ) को संज्ञा दिएका छन्।

जयगढमा आयोजित नेकपा एमालेको अभिमुखिकरण कार्यक्रममा बोल्दै ईन्चार्ज बोहराले भीम बहादुर रावलको नेतृत्वमा चलिरहेको मातृभुमि जागरण अभियानलाई एनजिओको रूपमा उल्लेख गरेका छन्।

“पार्टी बन्नका लागि कमिटी, सदस्य र पदाधिकारी चाहिन्छ,” बोहराले भने, “खै उहाको कमिटी, खै उहाँका सदस्य?”

एमालेबाट बाहिरिएपछि रावलले एमाले पार्टीको बिरूद्ध बोल्नु भनेको अछामी जनताको मतको अवमूल्यन र धोका दिनु हो, जसले सुर्य चिन्हमा मतदान गरेर उनलाई पटक पटक जिताएका थिए बोहराले भने।

रावलले पार्टी नेतृत्व र विधि-बिधानको उल्लंघन गरेर आफूलाई घर न घाटको अवस्थामा पुर्याएको भन्दै बोहराले अछामी जनताबाट प्राप्त सहयोग र समर्थनलाई अपमानजनक रूपमा नकारेको बताए।

“पार्टीको विधि-बिधानभन्दा माथि कोही हुन सक्दैन,” बोहराले भने, “रावलको बहिर्गमन भनेको उनको भित्रि कुण्ठाको परिणाम हो।”

 


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode