Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

अछाममा रुखबाट लडेर १ महिलाको मृत्यु


अछाम । अछाममा रुखबाट खसेर १ महिलाको ज्यान गएको छ ।

जिल्लाको साफेबगर नगरपालिका वडा नं. १३ बाब्लामा रुखबाट एक महिलाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा ६५ वर्षीया निखिरा नेपाली रहेकी छन् ।

घाँस काट्न बेडुला रुखमा चढेकी उनी रुखबाट लडेर घाइते भएकि थिईन् ।

उनलाई उपचारको लागि न्याय हेल्थ अस्पताल बयलपाटामा ल्याउदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode