एमालेबाट वडाध्यक्ष जितेका ललित रास्वपामा शिफ्ट : स्थानीय राजनीतिमा चर्चा

अछाम । कमलबजार नगरपालिका वडा नम्बर ४ चाल्साका निवर्तमान वडा अध्यक्ष ललित ढोलीले हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आवद्ध भएका छन्।
नेकपा एमालेको अछाम जिल्ला सचिवालयका सदस्य समेत रहेका उनी रास्वपामा आवद्ध हुनुले स्थानीय राजनीतिमा नयाँ चासो र चर्चा सिर्जना गरेको छ।
ललित ढोली २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षको उम्मेद्वार भइ निर्वाचित भएका थिए।
यस विषयमा सामाजिक सञ्जाल फेसबुकमा उनको सदस्यता सार्वजनिक भएपछि विभिन्न चर्चा सुरु भएका छन्। उनले नयाँ पार्टीमा आवद्धताको विषयमा आफ्नो आधिकारिक धारणा अहिलेसम्म दिएका छैनन् ।

साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया