बान्नीगढीमा भोलि ‘मातृभूमि जागरण अभियान’को भेला : तदर्थ समिति गठनको तयारी

अछाम – पूर्वउपप्रधान तथा रक्षामन्त्री डा.भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान अन्तर्गत भोलि बान्नीगढी जयगढ गाउँपालिकामा पालिका स्तरीय भेला आयोजना गरिएको छ।
पालिका स्तरीय तदर्थ समिति घोषणा गर्ने तयारी सहित भोलि जयगढमा भेलाको आयोजना गरिएको हो ।
अभियानका लागि बान्नीगढी गाउँपालिकामा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य र पालिका इन्चार्ज डवल ठकुल्ला, पूर्व जिल्ला कमिटी सदस्य र पूर्व वडा अध्यक्ष लाल कामी,रिटरी फेडेरेसनका जिल्ला अध्यक्ष टंक रेग्मी लगायत प्रमुख नेताहरूले नेतृत्व गर्दै आएका छन्।
अभियानका अगुवा टंक रेग्मीले भोलिको भेलामा पालिकाका ६ वटै वडाबाट अपेक्षाकृत नागरिकको सक्रिय सहभागिता रहने अपेक्षा व्यक्त गरेका छन्। पालिकामा तदर्थ समिति गठन पछि मातृभूमि जागरण अभियानलाई तीव्र गतिमा अघि बढाउने योजना बनाइएको छ।
यस अभियानको नेतृत्व गर्ने डा. भीम बहादुर रावलले हालसम्म देश र विदेशमा विभिन्न भेला र कार्यक्रम आयोजना गर्दै अभियानलाई फैलाउन लागि परेका छन् । डा. रावल यसै शृंखलामा अहिले भारतमा रहेका छन्।
अछाममा नेकपा एमालेका वेहि वडा कमिटीहरू पनि यस अभियानमा सामेल भएका छन् ।
भोलिको भेलाबाट तदर्थ समिति गठन गरि बान्नीगढीमा जागरण अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने योजना नेताहरुको छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया