Hikmat Acharya
  • २८ फागुन २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा गाडीको ठक्करबाट बैतडीका एक जनाको मृत्यु


 

बैतडी– कञ्चनपुरमा टेलर गाडीले ठक्कर दिँदा बैतडीका एकजनाको मृत्यु भएको छ ।

जिल्लाको शिवनाथ गाउँपालिका –२ शर्माली घर भएका ४० बर्षीय सुन्दरसिंह साउँदको गाडीको ठक्करबाट सोमबार दिउँसो मृत्यु भएको हो ।

सोमबार दिउँसो पौने चार बजेको समयमा पुनर्वासबाट धनगढीतर्फ आउँदै गरेको सु.प.प्र.०२–००१ क ५९२ नम्बरको टेलर गाडीले पुनर्वास नगरपालिका –९ (ख)गाउँको खातीचोकमा साउँदलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट साउँदको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

रोजगारीका लागि भारत जान केही दिन पहिला बैतडीबाट कञ्चनपुर गएका साउँद पुनर्वासमा आफ्नो दाजुको घरमा बस्दै आएका थिए । दिउँसो समयमा सडकमा हिँडीरहेका साउँदलाई गाडीले ठक्कर दिँदा उनको मृत्यु भएको बताइएको छ ।

उनलाई ठक्कर दिने गाडी र टेलर गाडी चालक कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेला बस्ने ३८ बर्षीय पिताम्बर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
दोषीलाई कारवाही र पीडितलाई क्षतिपूर्तीको दिनुपर्ने मृतकका आफन्तहरुले माग गरेका छन् ।


क्याटेगोरी : विचार, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode