Hikmat Acharya
  • १ चैत्र २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

चैत महिना लागेसंगै सुदूरपश्चिममा ‘भिटौलो’ शुरू


बैतडी– सुदूरपश्चिममा भिटौला पर्व शुरू भएको छ । भाइबहिनीको प्रेम पर्वका रूपमा रहेको भिटौलामा विशेषगरी बैतडी, दार्चुला, बझाङ, कैलाली, कञ्चनपुर र सीमावर्ती भारतीय गाउँतिर बिहे भइसकेकी चेलीलाई माइती पक्षका दाजुभाइले भेट्ने चलन छ ।

चैत शुरू भएसँगै चेलीबेटीलाई माइतीले खानेकुरा लगेर भेट्ने गर्छन् । बैतडीको पाटन नगपालिका–१० की जानकी भट्टका अनुसार यो पर्वमा भाइबहिनीको भेट नभए खल्लो महसूस हुन्छ, पुरानो पुस्तादेखि युवापुस्तासम्म यो संस्कृतिको निरन्तरता छ ।

भिटौलोमा माइतीले मीठा खानेकुरा र लुगाकपडा छोरीबहिनीको घरमा पु¥याउने चलन छ । माइतीबाट आएको कोसेलीलाई गाउँ छिमेकमा बाँड्ने चलन रहेको आलिताल गाउँपालिका–८ का जोगराज भट्टले बताउनुभयो ।

पहिले मानिस खेतीपाती र घरधन्दामा व्यस्त हुने, सञ्चारको साधन नहुँदा वर्षभरि सञ्चो बिसञ्चोसमेत थाहा हुँदैन थियो । वसन्त ऋतुमा पराई घरमा छोरीचेलीलाई माइतीको सम्झना बढी आउने हुँदा यो चलन बसेको जानकार मुरलीधर अवस्थी बताउनुहुन्छ ।

भिटौलोमा स्थानीय परम्पराअनुसार सेलरोटी, खीर, मालपुवा, हलुवा, गुड, मिश्री, फलफूल र क्षमताअनुसार लुगा र गहनासमेत दिने चलन छ । पछिल्लो समय बजारबाट फलफूल, मिठाई, गुड लगेर दिने चलन छ ।

भाइटीकामा दिदीबहिनी माइत जाने र चैतमा दाजुभाइले दिदीबहिनीको घर गएर भेट्ने चलन छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode