Hikmat Acharya
  • २४ चैत्र २०८१, सोमबार
  • काठमाडौं
Paschim Raibar

मासुको हड्डी घाँटीमा अड्किँदा अछाममा एक जनाको मृत्यु


अछाम । अछामको साँफेबगर नगरपालिका–५ नोवाठानाका ४२ वर्षीय डम्मर बहादुर कुँवरको मासुको हड्डी घाँटीमा अड्किएर मृत्यु भएको छ।

शनिबार दिउँसो चैते अष्टमीको अवसरमा गाउँमा काटिएको खसीको मासु पकाएर खाने क्रममा मासुको सानो हड्डी कुँवरको घाँटीमा अड्किएको थियो ।

हड्डी अड्किएपछि उहाँ बेहोस भएपछि तत्कालै न्याय हेल्थ अस्पताल, बयलपाटातर्फ लगिएको थियो । उनको उपचारका क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode