Hikmat Acharya
  • ४ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

जयगढ आगलागी : प्रदेश सरकारले ५० लाख दिने , २ मन्त्री आउदै


अछाम । मंगलबार राति अछामको बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा भएको भीषण आगलागीबाट पीडित परिवारहरूलाई सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बुधबार बिहानको बैठकले यो निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले प्रारम्भिक क्षतिको आधारमा यो रकम उपलब्ध गराइने बताए।

उनका अनुसार यो रकम प्रदेश विपद् व्यवस्थापन कोषबाट बान्नीगढी जयगढ गाउँपालिकालाई दिइने छ । गाउँपालिकाले मापदण्डअनुसार पीडितहरूलाई राहत वितरण गर्नेछ ।

प्रदेश सरकारका २ मन्त्री स्थलगत निरिक्षणमा आउदै

घटनास्थलको अवस्था अध्ययन गर्न प्रदेश सरकारले २ जना मन्त्री अछाम पठाउने निर्णय गरेको छ । प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्का र आन्तरिक मामिला मन्त्री हीरा सार्की स्थलगत निरिक्षणका लागि जयगढ आउने भएका छन्।

३१ पसल घर तथा पसल पूर्ण नष्ट, आगो ५ घन्टापछि नियन्त्रणमा

मंगलबार राति ७ बजे ग्यास सल्केको आगोले भीषण रूप लिएपछि ३१ घर तथा पसफ जलेर नष्ट भएका छन् । आगलागी ५ घन्टापछि मात्र नियन्त्रणमा लिइएको थियो।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode