Hikmat Acharya
  • ४ वैशाख २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

जयगढ आगलागी : पञ्चदेवल विनायक र मेल्लेखले एक एक लाख सहयोग सहयोग गर्ने


अछाम । अछामको प्रमुख व्यापारिक केन्द्रमध्येको एक जयगढ बजारमा भएको भीषण आगलागीबाट पीडित बनेका परिवारलाई राहतस्वरूप दुई स्थानीय तहले आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्।

पञ्चदेवल विनायक नगरपालिकाले बान्नीगढी जयगढ गाउँपालिकाको राहत कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको हो।

नगरप्रमुख अम्बिका चलाउनेका अनुसार नगर कार्यपालिका बैठकबाट निर्णय गरेर उक्त रकम तत्काल राहत कोषमा उपलब्ध गराइनेछ।

यस्तै मेल्लेख गाउँपालिकाले पनि आगलागी पीडितका लागि एक लाख रुपैयाँ सहयोग गर्ने जनाएको छ।

गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले सामाजिक सञ्जाल फेसबुकमार्फत बान्नीगढी जयगढ गाउँपालिकाको विपद् व्यवस्थापन समितिको खातामा राहतस्वरूप उक्त रकम पठाउने जानकारी दिएका छन्।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode