Hikmat Acharya
  • ५ वैशाख २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

जयगढ आगलागी : यस्तो छ आगलागी पिडितको पुरा विवरण


अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–२, जयगढ बजारमा मंगलबार साँझ भएको भीषण आगलागीबाट पीडित हुनेहरुको पूर्ण विवरण गाउँपालिकाले सार्वजनिक गरेको छ।

गाउँपालिकाले आगलागी भएको भोलिपल्ट बिहानैदेखि तथ्यांक संकलन सुरु गरी कुल २५ घर तथा टहरा सहित तिनमा सञ्चालनमा रहेका ३५ वटा पसलहरू र एक निजि सभाहल पूर्ण रूपमा ध्वस्त भएको पुष्टि गरेको छ।

बुधवार सार्वजनिक गरिएको विवरण अनुसार आगलागीबाट लत्ताकपडा, किराना सामान, मोबाइल स्टेसनरी, भाँडाकुँडा, सिलाइ कटाइ, फेन्सी, होटल, आयुर्वेदिक जडीबुटी लगायतका विभिन्न व्यवसायमा क्षति पुगेको छ।

गाउँपालिकाले घटनास्थलको स्थलगत अवलोकन गर्दै पीडितहरूको राहत तथा पुनःस्थापनाका लागि संघसंस्थासँग समन्वय गरिरहेको गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदले बताएका छन् ।

यसअघि केही सुदूरपश्चिम प्रदेश सरकारले ५० लाख र छिमेकी पालिका मेल्लेख र पञ्चदेवल बिनायकले राहत स्वरूप रकम एक एक लाख प्रदान गर्ने घोषणा गरिसकेका छन्।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode