अछाम टिकाथली सेवा समाजको अध्यक्षमा साउँद सर्वसम्मत

काठमाडौं । नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सहित अछाम टिकाथली सेवा समाज ललितपुरको प्रथम अधिवेशन सम्पन्न भएको छ।
समाजको विधान बमोजिम सम्पन्न अधिवेशनले लोकेन्द्र बहादुर साउँदको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा खेम बहादुर वोगटी र दुर्गा भण्डारी,सचिवमा मान बहादुर साउँद, सह–सचिवमा प्रेम बहादुर रावल, कोषाध्यक्षमा कृष्णराज जोशी रहेका छन्।
समितिको सर्वसम्मत चयनप्रति अध्यक्ष लोकेन्द्र साउँदले समाजका सम्पूर्ण सदस्यहरू प्रति हार्दिक आभार व्यक्त गरेका छन्। अध्यक्षमा सर्वसम्मत चयन भएका साउँद नेपाल बिद्युत प्राधिकरणको उप निर्देशक (अर्थ) समेत हुन् ।
उनले समाजको सेवा, एकता र सहकार्यका भावना अनुरूप आगामी दिनहरूमा अझ प्रभावकारी रूपमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नेपाल बिद्युत प्राधिकरणका उप निर्देशक (अर्थ) रहि हाल अछाम टिकाथलि समाजको अध्यक्षमा सर्वसम्मत रुपमा निर्वाचित लोकेन्द्र साउँदले अछाम जिल्लाका १० वटै पालिकामा राष्ट्रिय बिद्युत प्रशारण लाईन बिस्तारमा समेत अहम भुमिका खेल्दै आएका छन् ।
अछाममा पुर्ण बिधुतिकरणका लागि १ अर्व ३१ करोड बजेट बिजियोजन गर्न उनको विशेष भुमिका रहेको थियो ।
अछाम टिकाथलि समाजले विभिन्न क्षेत्रमा क्रियाशील रहेर टिकाथलिमा बसोबास गर्दै आएका व्यक्तिहरूलाई समेट्दै टिकाथली क्षेत्रमा बसोबास गर्ने अछामी समुदायको हितमा काम गर्ने बिश्वास् लिईएको छ।
क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया