Hikmat Acharya
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

जयगढका आगलागी पीडितलाई मेरो माइक्रोफाइनान्सको राहत सहयोग


अछाम । अछामको जयगढमा हालै भएको आगलागीबाट पीडित भएका स्थानीयलाई मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले राहत सहयोग गरेको छ।

संस्थाको साँफेबगर शाखा अन्तर्गतको जयगढ केन्द्रमा आवद्ध चार जना सदस्यलाई आर्थिक सहयोग प्रदान गरिएको हो । गएको चैत २६ गते राति अचानक भएको आगलागीका कारण क्षति व्यहोरेका ती सदस्यहरुलाई शाखा प्रमुख मक्रराज कुँवरले जयगढमै पुगेर जनही ३ हजार रुपैयाँका दरले नगद सहयोग गरेका हुन्।

शाखा प्रमुख कुँवरका अनुसार संस्थाका समुहमा आवद्ध सदस्यहरूलाई आपतकालीन अवस्थामा सानो भए पनि राहत मिलोस् भन्ने उद्देश्यले उक्त सहयोग प्रदान गरिएको हो। उनले आगामी दिनमा पीडितहरूको अवस्था अनुसार थप सहयोगका पहलहरू गरिने समेत जानकारी दिए।

पीडित सदस्यहरूले संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode