जयगढ आगलागी : मंगलसेन नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ राहत

अछाम । अछामको बान्नीगढी जयगढ बजारमा भएको भीषण आगलागीबाट प्रभावित पीडितहरूकाे राहत तथा उद्धारका लागी मंगलसेन नगरपालिकाले राहत स्वरूप १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ।
नगरपालिकाको १० औं कार्यपालिका बैठकले चैत २६ गते साँझ बजार क्षेत्रमा भएको आगलागीबाट क्षति बेहोरेका पीडितहरूकाे राहत तथा उद्धारका लागी १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेकाे हाे ।
गएकाे चैत्र २६ गते जयगढमा भएकाे आगलागी नियन्त्रणमा लिन मंगलसेन नगरपालिकाले दमकल पठाएर सहयाेग गरेकाे थियाे ।
आगलागीकाे पछिल्लाे दिन नै मँगलसैन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले आफ्नो एक महिनाको सेवा सुविधा आगलागी पीडितका लागि सहयोग स्वरूप दिने घोषणा गरेका थिए।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया