Hikmat Acharya
  • ६ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

जयगढ स्वास्थ्य चौकीमा भोलि क्षयरोग (टीबी) शिविर संचालन हुने


अछाम । जयगढ स्वास्थ्य चौकीमा भोलि क्षयरोग शिविर संचालन हुने भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आज कालिका स्वास्थ्य चौकीमा शिविर संचालन गरिएकोमा भोलि जयगढ स्वास्थ्य चौकीमा क्षयरोग (टीबी) सम्बन्धी शिविर सञ्चालन हुने भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटी र स्वास्थ्य कार्यालय अछामको प्राविधिक सहयोगमा पालिकामा शिविर सञ्चालन भईरहेको छ ।

बिहान १० बजेबाट सुरु भइ दिउँसो ४ बजेसम्म सञ्चालन हुने शिविरमा क्षयरोगका लक्षण देखिएका तथा पहिचान भएका व्यक्तिहरूको एड्भान्स डिजिटल एक्स-रे जाँच गरिनेछ।

शिविरमा लक्षित समूहको पहिचान गरी परीक्षण तथा परामर्श प्रदान गरिने क्षयरोगमुक्त अभियान परियोजना बान्नीगढी गाउँपालिका संयोजक सुस्मिता शाहले बताएकी छन् ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode