Hikmat Acharya
  • ७ वैशाख २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

आगलागी पिडितका लागि कोरियाबाट बिष्णुको १० हजार सहयोग


अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढमा हालै भएको आगलागी पिडितहरुको राहत तथा पुनर्स्थापनाको लागि बिष्णु कुमार साउँदले १०,००० रुपैयाँ सहयोग गरेका छन्।

बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ३ बरदादेवी धारासैन घर भई हाल कोरियामा रहेका साउँदले व्यक्तिगत रुपमा उक्त सहयोग गरेका हुन्।

उक्त सहयोग खगेन्द्र साउद सहितका युवाहरुद्वारा संचालन गरिएको आर्थिक संकलन अभियानमार्फत प्राप्त भएको हो।

उनको सक्रियतामा आगलागी पिडितको उद्दार तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग संकलन अभियान संचालन भईरहेको छ।

उनका अनुसार हालसम्म उक्त अभियान अन्तर्गत डेढ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ भने थप सहयोग प्राप्त हुने क्रम जारी रहेको छ।

पीडित परिवारलाई सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालित अभियानमा विभिन्न स्थानबाट सहयोग प्राप्त भइरहेको छ।

संकलित रकम पीडित परिवारको पुनर्स्थापना तथा आवश्यक राहत व्यवस्थापनमा प्रयोग गरिने जनाइएको छ।


क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode