आगलागी पीडितका लागि मुम्बईबाट झङ्कर टमट्टाको १० हजार रुपैयाँ सहयोग

अछाम – बान्नीगढी जयगढ गाउँपालिका–३ मा बसोबास गर्ने तथा हाल मुम्बईमा रहेका झङ्कर टमट्टाले जयगढका आगलागी पीडितहरूको राहत तथा पुनर्स्थापनाका लागि १०,००० रुपैयाँ सहयोग गरेका छन् ।
कालिका स्वास्थ्य चौकीका इन्चार्ज लक्ष्मण टमट्टाका पिता समेत रहेका झङ्कर टमट्टाले आगलागी पीडित परिवारप्रतिको सहानुभूति र सहयोगको भावना स्वरूप उक्त सहयोग प्रदान गरेका हुन् ।
गत चैत्र २६ गते जयगढ बजारमा भएको आगलागीले स्थानीयहरूलाई ठूलो क्षति पुर्याएको थियो। पीडितहरूको सहयोगका खगेन्द्र साउँदकाे नेतृत्वमा युवाहरुकाे समुहले आर्थिक सँकलन गरिरहेका छन् ।
संकलित रकम पूर्ण पारदर्शी रूपमा पीडितको राहत तथा पुनस्र्थापनामा खर्च गरिने जनाइएको छ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया