जयगढका आगलागी पीडितलाई अमेरिकाबाट जनकराज उपाध्यायकाे १० हजार सहयोग

अछाम । अछाम जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका–२ जनालिकोट घर भई हाल अमेरिका बसोबास गर्दै आएका जनकराज उपाध्यायले जयगढ बजारका आगलागी पीडितका लागि १० हजार १ आर्थिक सहयोग गर्नु भएको छ।
गत चैत्र २६ गते भएको आगलागीले २ दर्जन घरहरू र तिनमा सँचालित ३५ पसलहरु पूर्ण रूपमा जलेर नष्ट भएका थिए भने थुप्रै परिवार प्रभावित भएका छन्। पीडितहरूको राहत तथा पुनर्स्थानाका लागि विभिन्न स्थानबाट सहयोग जुट्ने क्रम जारी छ।
आफ्नो जन्मथलोमा विपद् परेको खबरले दुःखी भएको बताउँदै उपाध्यायले भने , “विदेशमा भए पनि मन सधैं आफ्नो गाउँमा हुन्छ। विपद् परेको खबरले अत्यन्त दुःखी बनायो। पीडित दाजुभाइ दिदीबहिनीहरूलाई राहत मिलोस् भनेर सानो सहयाेग गरेको हुँ।”
अभियान संयोजक साउदका अनुसार हालसम्म विभिन्न सहयोगी हातबाट करिव २ लाख रुपैयाँ रकम संकलन भइसकेको छ भने थप सहयोग प्राप्त हुने क्रम जारी छ।
आगलागी पीडितहरूको सहयोगका लागी खगेन्द्र साउँदकाे नेतृत्वमा युवाहरुकाे समुहले आर्थिक सँकलन गरिरहेका छन् । संकलित रकम पूर्ण पारदर्शी रूपमा पीडितको राहत तथा पुनर्स्थानामा खर्च गरिने जनाइएको छ।
क्याटेगोरी : पालिका, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया