Hikmat Acharya
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

जयगढ आगलागी : बजार व्यवस्थापन समितिको पहलमा ४६ हजार राहात संकलन


अछाम । बान्नीगढी जयगढ गाउँपालिकाको जयगढ बजारमा गएको चैत्र २६ गते भएको आगलागीबाट पीडित भएकाहरुको सहयोगार्थ बजार व्यवस्थापन समिति सक्रिय बनेको छ।

समितिको पहलमा जयगढ बजारका व्यापारी तथा स्थानीयहरूबाट हालसम्म रु ४६ हजार ५५ रूपैँया आर्थिक राहत संकलन गरिएको छ।

राहत संकलन कार्य बजार व्यवस्थापन समिति अध्यक्ष पूर्ण शेट्टीको नेतृत्वमा भएको हो।

संकलन अभियानमा रतन बहादुर साउद, रमेशराज तिमिल्सैना, उद्दब शाह, तपेन्द्र साउद र खेमराज खड्काले सक्रिय भूमिका खेलेका छन्।

अध्यक्ष शेट्टीका अनुसार संकलित राहत रकम आगलागी पीडित तथा सरोकारवाला निकायहरूसँग परामर्श गरी पारदर्शी ढंगले वितरण गरिनेछ। उनले थपे, “पीडितहरूको अवस्था बुझेर, उनीहरूको प्राथमिकता र आवश्यकतालाई आधार मानेर सहायता रकम बितरण गरिनेछ।”

गएको चैत्र २६ गते साँझ आगलागी हुँदा जयगढ बजारमा रहेको २५ वटा घर तथा टहरा र तिनमा संचालित ३५ वटा पसलहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । उक्त आगलागीबाट ८ करोड बढिको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode