Hikmat Acharya
  • ९ वैशाख २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

कर्मचारीको मनपरी रोक्न अछाम प्रशासनको कडाइ :यस्तो छ उर्दी


अछाम । जिल्लामा सार्वजनिक सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र कर्मचारीको मनपरी नियन्त्रित गर्न जिल्ला प्रशासन कार्यालय अछामले कडाइ गर्ने भएको छ।

अबदेखि कार्यालय प्रमुख वा अन्य कर्मचारी बिनाअनुमति अनुपस्थित भएमा कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रशासनको चेतावनी छ।

२०८२ बैशाख ९ गते जारी सूचनामा सेवा प्रवाहमा अवरोध नआउने गरी कार्यालय प्रमुख तथा कर्मचारीको उपस्थितिलाई सुनिश्चित गर्न जिल्ला प्रशासनले स्पष्ट निर्देशन दिएको हो।

सूचनामा भनिएको छ, “कुनै पनि कार्यालय प्रमुख वा कर्मचारी जिल्लाबाट बाहिर जाने वा कार्यस्थलमा अनुपस्थित हुने अवस्थामा प्रमुख जिल्ला अधिकारीको पूर्वस्वीकृति लिनुपर्नेछ।”

अधिकारीको स्वीकृति बिना कार्यालय छाडेर हिँडेमा उक्त कार्य जनगुनासो र असुविधाको मुख्य कारण हुने भन्दै कडाइका साथ नियन्त्रण गरिने बताईएको छ।स

सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र  परियारद्वारा हस्ताक्षरित पत्रमा सरकारी सेवा प्रभावकारी बनाउन प्रशासनिक अनुशासन पालन गरिनुपर्नेमा जोड दिइएको छ।

स्थानीय नागरिकहरूले यो कदमबाट सेवा प्रवाहमा सुधार हुने अपेक्षा राखेका छन् भने कतिपयले यसलाई “ढिलो भए पनि राम्रो निर्णय” भन्दै स्वागत गरेका छन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode