Hikmat Acharya
  • १३ वैशाख २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

एमाले अछामको उपसचिवमा शाहीको उम्मेदवारी : सर्वसम्मतिको पक्षमा जोड


अछाम । नेकपा (एमाले) अछामका जिल्ला कमिटी सदस्य तथा विद्यार्थी फाँटका ईन्चार्ज निरक शाहीले पार्टीको नेकपा एमाले अछामको जिल्ला उपसचिव पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

अनेरास्वबियु अछामका पूर्वअध्यक्ष तथा तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ धमालिका वडाध्यक्षसमेत रहेका शाही २०६२ सालदेखि विद्यार्थी राजनीति हुँदै हाल पार्टी राजनितिमा सक्रिय छन्।

लामो समयदेखि नेकपा एमालेको संगठन सुदृढिकरणमा लागेका शाही हाल विद्यार्थी संगठनको समन्वयको जिम्मेवारीमा रहेका छन्।

उनी नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको पक्षमा रहेको बताउँछन्। “पार्टी एकताको सन्देश दिन सर्वसम्मतिले नेतृत्व चयन गर्नु उपयुक्त हुन्छ,” शाहीले भने, “यदि सर्वसम्मति भएन र निर्वाचनको अवस्था आयो भने म उपसचिव पदमा उम्मेदवारीसहित चुनावी मैदानमा उत्रिनेछु।”

शाहीको उम्मेदवारीसँगै एमाले जिल्ला अधिवेशनमा युवा अनुहारको प्रतिस्पर्धा थप चाखलाग्दो बन्ने देखिएको छ।


क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode