अछाम एमाले अधिवेशन : लेखराज सहितका नेताको आगमन

अछाम । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट अछाम आइपुगेका छन्। भोलिदेखि सुरु हुने नेकपा एमाले अछामको ९ औँ जिल्ला अधिवेशनको उद्घाटनका लागि उनी आज अछाम आएका हुन्।
भट्टको अछाम आगमनमा स्थानीय नेता तथा कार्यकर्ताले भव्य स्वागत गरेका छन्। जिल्लाको राजनैतिक चहलपहलसँगै अधिवेशनको तयारी तीव्र बनाइएको छ।
सचिव भट्टसँगै एमाले सुदूरपश्चिम प्रदेशका सचिव रणबहादुर चन्द र पार्टी निर्वाचन आयोगका प्रमुख डा. विजय सुब्बा पनि अछाम आइपुगेका छन्।
पार्टीको सांगठानिक सुदृढीकरण र आगामी रणनीतिबारे अधिवेशनमा छलफल हुने बताइएको छ। अधिवेशन सफल पार्नका लागि जिल्ला कमिटीले सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ।
भिडियो :-
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया