पार्टी निर्माणमा अब्बल नेता चलाउने एमाले अछामको उपाध्यक्षका आकांक्षी

अछाम । नेकपा (एमाले) जिल्ला कमिटी अछामको ९ औं जिल्ला अधिवेशनमा पार्टीका वरिष्ठ नेता नन्द सिंह चलाउनेले उपाध्यक्ष पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्।
पार्टी संगठन निर्माणमा संघर्षशील र अब्बल नेताका रूपमा परिचित चलाउने नेकपा (एमाले) अछाम क्षेत्र नं. २ का पूर्व क्षेत्रीय अध्यक्ष समेत हुन्।
पार्टी निर्माणमा उनले खेलेको भूमिकालाई स्थानीय तहमा सम्मानका साथ हेर्ने गरिन्छ।
अछाम क्षेत्र नम्बर २ को क्षेत्रीय सचिव हुँदै क्षेत्रीय अध्यक्ष बनेका उनी हाल जिल्ला सचिवालय सदस्य हुन् ।
अछाम क्षेत्र नम्बर २ मा पार्टी संगठन बिस्तारमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।
२०४९ सालमा विद्यामन्दिर माध्यमिक विद्यालयमा गठन गरिएको अनेरास्वियुको प्रारम्भिक कमिटीको अध्यक्षबाट राजनितिक यात्रा सुरु गरेका चलाउने पार्टीभित्र दृढ, परिपक्व र साहसी नेताका रूपमा चिनिन्छन्।
आफ्नो योगदान र अनुभवलाई आधार मानेर उनले उपाध्यक्ष पदमा दाबी प्रस्तुत गरेको बताएका छन् ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया