एमाले अछामको उपसचिवमा महिला नेतृ गौमतीको सशक्त दाबी

अछाम । नेकपा (एमाले) जिल्ला कमिटी अछामको ९ औं जिल्ला अधिवेशनमा युवा नेत्री गौमती कुमारी शाहीले उपसचिव पदमा सशक्त दाबी प्रस्तुत गरेकी छन्।
संगठन निर्माणमा सक्रिय र अब्बल नेतृका रूपमा चिनिने शाही हाल नेकपा (एमाले) तुर्माखाँद गाउँपालिका कमिटीकी अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छन्।
उनी सुदूरपश्चिम प्रदेशस्तरमै पार्टीको गाउँपालिका कमिटीको पहिलो महिला अध्यक्ष समेत हुन्।
स्थानीय तहको २०७४ सालको निर्वाचनमा उनी तुर्माखाँद गाउँपालिकाको उपप्रमुख पदमा झिनो मतान्तरले पराजित भएकी थिइन्। त्यसयता उनले पार्टीको संगठन निर्माणमा निरन्तर सक्रिय भूमिका खेलेकी छन्।
पार्टी संगठनमा अहोरात्र खटिने नेतृ शाही एक कुशल, संघर्षशील र प्रतिबद्ध नेतृको रूपमा एमाले कार्यकर्तामाझ लोकप्रिय बनेकी छन्। अधिवेशनमा उपसचिव पदको लागि उनको उम्मेदवारी बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया