म्याद गुज्रेका सामान बेच्दै सेती सप्लायर्स : मंगलसैनमा भेटीए डेट एक्सपाएर मिरिण्डा

अछाम । गर्मी बढेसँगै अछामका बजारमा चिसो पेय पदार्थको माग उच्च भएको छ। तर, बजारमा म्याद गुज्रेका पेय पदार्थ खुलेआम बिक्री भइरहेका छन्।
शनिबार अछाम सदरमुकाम मंगलसेनस्थित एक होटलमा म्याद गुज्रेका ‘मिरिण्डा’ पेय पदार्थ भेटिएको छ। उक्त मिरिण्डाको उत्पादन मिति १७ जुन २०२४ रहेको छ । जस अनुिमर मिरिण्डाको म्याद १७ डिसेम्बर २०२४ मै सकिई सकेको छ ।
साँफेमा रहेको सेती सप्लायर्सले म्याद गुज्रिएको ४ महिनापछि मात्र सामग्री बजारमा पठाएको खुलेको छ। ती होटल सञ्चालकका अनुसार गत चैत १९ गते सेती सप्लायर्सकै गाडीमार्फत उनले मिरिण्डा लगायतका सामग्री खरिद गरेका थिए।
यसअघि पनि सेती सप्लायर्सले म्याद गुज्रेका सामग्री बजारमा पठाएकबारे गुनासो आएका थियो । साथै, उक्त सप्लायर्स अन्तर्गतको सेती जल ब्रान्डको सिल प्याक पानीको बोतलभित्र किरासमेत भेटिएको बताईन्छ । यद्दपि किरा भेटिएको बिषय त्यसताका सामसुम पारिएको आरोप छ ।
सेती सप्लायर्ससँग यस विषयमा बुझ्न विभिन्न फोन नम्बरमा सम्पर्क गर्दा समेत फोन उठाइएको छैन।
बजारमा म्याद गुज्रेका पेय पदार्थ फेला परेपछि जिल्ला प्रशासन कार्यालय अछामले अनुसन्धान सुरु गर्ने जनाएको छ। प्रमुख जिल्ला अधिकारी (प्रजिअ) आनन्द सारुका अनुसार बजार अनुगमन गरी दोषी उपर कानुनी कारवाही अघि बढाइनेछ।
क्याटेगोरी : पश्चिम खोज, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया