Hikmat Acharya
  • ५ असोज २०८१, शनिबार
  • काठमाडौं
Paschim Raibar

आज अन्तर्राष्ट्रिय शान्ति दिवस


आज अन्तर्राष्ट्रिय शान्ति दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो ।

नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो । सरकारी निकायसँगै नेपालको शान्ति प्रक्रियामा सहयोग पुर्‍याउँदै आएका मानवअधिकारवादी सङ्घसंस्थाले दिवसका अवसरमा कार्यक्रम गर्दै आएका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode