Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

विश्वकप क्रिकेट लिग–२ : नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दै


आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज घरेलु टोली क्यानडासँग खेल्दैछ । खेल किङ्ग सिटीमा नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ ।

यो शृङ्खलाको पहिलो खेलमा नेपाल घरेलु टोली क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो । आफ्नो दोस्रो खेलमा नेपाल ओमानसँग एक विकेटले पराजित भयो । शृङ्खलामा नेपाल, ओमान र क्यानडा सहभागी छन् ।

यो शृङ्खलाको आफ्नो अन्तिम खेलमा नेपालले असोज ८ गते ओमान खेल्नेछ । सन् २०२७ को विश्वकप छनोटको रूपमा रहेको लिग–२ मा आठ वटा टोलीको सहभागिता छ । तालिकामा नेपाल ट खेलमा दुई अङ्कसहित सातौँ स्थानमा छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode