Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

प्रिमियर लिगमा लिभरपुल, चेल्सी र एस्टनभिल्ला विजयी, युनाइटेड र क्रिस्टल प्यालेसको गोलरहित बराबरी


इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र एस्टनभिल्ला विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले बर्नमाउथलाई र चेल्सीले वेस्टह्यालाई समान ३–० गोलले हरायो । घरेलु मैदान एनफिल्डमा लिभरपुलका लुइस डियाजले २ तथा डार्विन नुनेजले १ गोल गरे ।

जीतसँगै लिभरपुल अङ्कतालिकाको शीर्ष स्थानमा पुगेको छ । लिभरपुलको पाँच खेलमा १२ अङ्क छ । एस्टनभिल्लाले उल्भ्सलाई ३–१ गोलले हरायो । समान पाँच खेलमा १२ अङ्क नै रहेको एस्टन भिल्ला तेस्रो तथा एक खेल कम खेलेको साविक विजेता म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

त्यस्तै हिजो भएको अर्को खेलमा चेल्सीले वेस्ट ह्यामलाई हराउँदा निकोलस ज्याक्सनले २ तथा कोल पाल्मरले १ गोल गरे । जीतसँगै चेल्सीको पाँच खेलमा १० अङ्क भएको छ । चेल्सी चौथो स्थानमा छ ।

अरू खेलमा फुलहमले न्यूक्यासललाई र टोटनहमले ब्रेन्टफोर्डलाई समान ३–१ गोलले नै हरायो । लेस्टरसिटी र एभर्टनले एकरएक गोलको र म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेसले गोलरहित बराबरी खेलेका छन् ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode