डोटीमा आमाको किरिया बसेका एक जना पक्राउ
![](https://ap-south-1.linodeobjects.com/assets.paschimraibar.com/2024/09/kaj-kiriya.jpg)
डोटी– डोटीमा जबरजस्तीकरणी गरेर फरार भएका युवक आमाको किरियापुत्री बसेको अवस्थामा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा आर्दश गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल रहेको डोटीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले बताउनुभयो ।
रैकालले ३१ भदौमा २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्तीकरणी गर्दै ३० हजार रुपैयाँ समेत लुटेको अभियोगमा आइतवार दिउँसो इलाका प्रहरी कार्यालय आर्दशको टोलीले पक्राउ गरेको डीएसपी भट्टराईले बताउनुभयो ।
भट्टराईकाअनुसार घटनापछि फरार भएका रैकाल शनिवार राति आमाको मृत्यु भएपछि दाहसंस्कारका लागि आइतवार बिहान मात्र घर आएका थिए ।
आमाको दाहसंस्कार सकेर किरियापुत्री बसेको अवस्थामा रैकाललाई प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया