Hikmat Acharya
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बैतडीको एक फेन्सी स्टोर तथा आटा चक्किमा आगलागी


बैतडी– बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा रहेको राम दत्त भट्टले सञ्चालन गरेको महारुद्र फेन्सी स्टोर एण्ड आटा चक्कि खुद्रा पसलमा आगलागी भएको छ ।

भट्टले सञ्चालन गरेको पसलमा सोमवार आगलागी हुँदा पसल भित्र रहेका लत्ता कपडा, आटा चक्की, खुद्रा समान लगायतका सम्पुर्ण सामान गरी अन्दाजी ३५ लाख मुल्य बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

आगलागी हुँदा मानविय तथा चौपाया क्षती नभएको प्रहरीले जनाएको छ। उक्त आगलागी स्थानिय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिई सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode