अछामको एक घरमा आगलागी
अछाम– अछामको एक घरमा आगलागी भएको छ ।
चौरपाटी गाउँपालिका–३ गगुडाका प्रसादे साउदको घरमा सोमवार आगलागी भएको हो। साउदको ७ वर्षीय छोरा केस साउदले घरमा कोही नभएको बेलामा लाईटरले खेल्ने क्रममा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
आगलागी हुँदा घर तथा घरभित्र रहेका लत्ता कपडा, अन्नपात भाडाकुडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया