Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

एन्फा महिला लिगमा बाग्मती युथले सङ्कटालाई हरायो


काठमाण्डौ – एन्फा महिला लिग फुटबलमा बाग्मती युथ क्लबले सङ्कटा क्लबलाई हराएको छ ।

ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा आज भएको दोस्रो खेलमा बाग्मथी युथले सङ्कटालाई ३–१ गोलले हरायो । बाग्मती युथका लागि गिफ्टी एचेम्पोङले दुई र पुष्पाकुमारी खड्काले एक गोल गरे । सङ्कटाका लागि टेमिलोप जेनिफरले गोल गरिन् ।

यो जीतसँगै बाग्मती युथ ८ खेलमा १० अङ्कसहित तालिकाको छैटौं स्थानमा उक्लिएको छ । सङ्कटा क्लब ८ खेलमा ८ अङ्कसहित सातौं स्थानमा छ ।

एन्फा महिला लिगमा आज भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई आठ–शून्य गोलले हरायो । यो जीतसँगै आर्मी ८ खेलमा १९ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । वालिङ ८ खेलमा १२ अङ्कसहित चौथो स्थानमा छ ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode