Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बान्नीगढीमा कृषकहरुलाई प्रेरीत गर्न हाते ट्याक्टर वितरण गरिने : शाखा प्रमुख ठकुल्ला (कुराकानि सहित)


बान्नीगढी जयगढ गाउँपालिकामा मौसम अनुसारका कृषि कार्यक्रम संचालन भईरहेको कृषि बिकास शाखा प्रमुख गोवीन्द ठकुल्लाले बताएका छन् ।

गाउँपालिकाको कृषि विकास शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार मौसम अनुसारका कार्यक्रम संचालन भईरहेको उनले बताएका हुन् ।

पालिकाका सबै वडामा व्यावसायीक रुपमा तरकारी खेति गरिरहेका किसानहरुलाई ७५ प्रतिशत लागत साझेदारीमा विभिन्न तरकारी बालिका बीउँ विजँन वितरण भईरहेकोे उनको भनाई छ ।

यस्तै उन्नत धानको विउँको माग संकलन भइरहेकाले ईन्छुक किसानलाई पालिकाको कृषी बिकास शाखामा आई बीउँ माग गर्न उनले आग्रह गरेका छन् ।

गाउँघरमा बाँझो रहेका खेतीयोग्य जमिनहरुमा खेतीपाती गर्न कृषकहरुलाई प्रेरीत गर्न कृषि यन्त्रिकीकरण कार्यक्रम अन्तरगत हाते ट्याक्टर वितरण गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिएका छन ।

यसैविच आज हामीले बान्नीगढी जयगढ गाउँपालिकाको कृषी शाखा मार्फत संचालन भईरहेका क्रियाकलापबारे शाखा प्रमुख गोविन्द ठकुल्लाासंग कुराकानी गरेका छौँ । सुनौँ यो कुराकानी ..
कुराकानी ……


क्याटेगोरी : कृषि, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode