अछाममा चट्याङबाट क्षति भएको प्रति सांसद साउँदद्वारा दुःख व्यक्त (विज्ञप्ति सहित)
अछाममा शनिवार साँझ परेको चट्याङका कारण भएको क्षतिप्रति प्रदेश सभा सदस्य झपट बहादुर साउँदले दुःख व्यक्त गरेका छन् ।
यही चैत्र ४ गते चट्याङका कारण ९ वटा बाख्रा मर्नुका साथै बाख्रा गोठाली घाइते भएको प्रति दुःख व्यक्त गर्दै सुदूरपश्म प्रदेश सभा सदस्य साउँदले विज्ञप्ति प्रकाशित गरेका छन् ।
शनिवार साँझ परेको चट्याङका कारण मेल्लेख गाउँपालिका वडा नम्बर ६ बाइगाउँका गंगा जमुना बाख्रा पालन फर्मका ७ वटा वटा,गंगादेवी भट्टराइ,चण्डिका भट्टराईका १,१ वटा बाख्रा मरेका थिए भने फर्मका सञ्चालक ४२ वर्षीय पार्वती देवी भट्टराई र ११ वर्षीय करुणा भट्टराई सामान्य घाइते भएका थिए ।
विज्ञप्ति मार्फत सांसद साउँदले घटनाप्रति दुःख ्य् गर्दै चट्याङ लागेर घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् भने कृषकहरूलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराइ पीडितलाई राहतको व्यवस्था गर्न संघीय सरकार र प्रदेश सरकार तथा स्थानीय सरकार लगायत सवैमा अनुरोध गरेका छन् ।
साउँद रेडियो बान्नीगढीको कार्यकारी निर्देशकका साथै पश्चिम रैवारको प्रकाशक हुन् । उनले खोज अनुसन्धान तथा समसमायीक बिषयमा कलम चलाउँछन् ।
क्याटेगोरी : राजनीति, समाचार
प्रतिक्रिया