Hikmat Acharya
  • १९ मंसीर २०८१, बुधबार
  • काठमाडौं
Paschim Raibar

विदेशी नागरिकलाई लुटपाट गर्ने तीन जना पक्राउ


काठमाडौं – विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा प्रहरीले बनेपाबाट ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नवलपरासीका हरि चौधरी, रामेछाप सुनापती गाउँपालिकाका सन्देश जैरु र पनौती नगरपालिका–९ सुन्थानका उज्ज्वल दाहाल छन् ।

उनीहरुले चक्कु देखाएर बनेपामा इटाली र जर्मनीका नागरिकका सामान लुटपाट गरेको आरोप प्रहरीले लगाएको छ ।

उनीहरुलाई लुटिएका सामानसहित गए राति पक्राउ गरिएको प्रहरीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode