Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

अछाममा डेंङ्गु लगायतका रोग नियन्त्रण सम्बन्धि एक दिने अभिमुखीकरण


अछाम– अछाममा डेंङ्गु लगायत विभिन्न किटजन्य रोगहरुको नियन्त्रण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकाको आयोजनामा सो कार्यक्रम विभिन्न सरोकारवालाहरुबिच सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष टेक बहादुर साउँदको अध्यक्षतामा भएको सो कार्यक्रममा पालिकाका जनप्रतिनिधि , स्वास्थ्यकर्मी लगायत सरोकारवालाबिच अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा नेपालमा डेङ्गी रोगको अवस्था, जोखीम र न्युनिकरणका लागि अवलम्बन गर्नुपर्ने उपायबारे छलफल तथा प्रशिक्षण गरिएको थियो ।

नेपालमा सन २००४ मा पहिलो पटक एक जना विदेशि नागरिकमा डेङ्गी रोगको संक्रमण देखिएको थियो भने गएको आर्थिक बर्षमा मात्रै नेपालमा ५६ हजार ३ सय ८० जना संक्रमित भएका थिए ।

अछाम जिल्लामा गएको आर्थिक बर्ष २०८०/८१ मा मात्रै १ सय ४५ जना डेङ्गी रोगबाट संक्रमित भएको तथ्याँकले देखाएको छ ।


क्याटेगोरी : पालिका, सुदूरपश्चिम, स्वास्थ्य-शिक्षा

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode