बाजुरामा बन्दुक प्रहार गरेर भाग्ने एक जना पक्राउ
बाजुरा- बाजुरामा बन्दुक प्रहार गर्ने एक जना पक्राउ परेका छन् ।
जिल्लाको स्वामीकार्तिक खापर गाँउपालिका–३ का अन्दाजी २७ वर्षीय प्रवेश शाही पक्राउ परेका हन् ।
प्रहरीका अनुसार शाहीले असोज ५ गते राति स्वामीकार्तिक गाउँपालिका खापर–३ रिवडामा ४० वर्षका धिरेन्द्र शाहीलाई भरुवा बन्दुक प्रहार गर्न खोजेका थिए ।
धिरेन्द्रले बन्दुकको नाल समातेर साइड लगाउँदा प्रवेशले बन्दुक पड्काएपछि सोही ठाउँका ५४ वर्षका वीरबहादुर शाहीको निधारमा चोट लागी घाइते भएका थिए ।
बन्दुक प्रहारपछि भागेका प्रवेशलाई इलाका प्रहरी कार्यालय बुढीनन्दा र इलाका प्रहरी कार्यालय स्वामीकार्तिकबाट खटिएको टोलीले एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।
उनीमाथि बाजुरा जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूर (ज्यान मार्ने उद्योग) र हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा ३ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेकोे छ।
क्याटेगोरी : सुदूरपश्चिम
प्रतिक्रिया