Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

अछाममा चिनिको बोरामा ३ किलो बढीको ढुङ्गा भेटियो


अछाम – अछाममा चिनिको बोरामा ढुंगा भेटिएको छ । जिल्लाको मंगलसेन नगरपालिका बैरागी धारा नजिक रहेको एक पसलमा ५० किलो चिनिको बोरामा ढुगां भेटिएको हो ।

ढकारी रबिन्द्र बटाला को पसलमा राखिएको सो तिनिको बोरामा ३ केजि ८५५ ग्राम को ढुङ्गा भेटिएको बताइएको छ ।

बुधबार बिक्रीका लागि राखिएको चिनिमा ढुङ्गा भेटिएको काङ्ग्रेस नेता पदमराज अधिकारीले बताउनुभयो ।

यस्तै बिक्री बितरणका लागि राखिएको चामलको बोरामा समेत ढुुङ्गा भेटिएको बताइएको छ ।

सो चिनिको उत्पादन भारत उत्तराखण्डको भएको पाइएको छ । सो खाद्यान्न सामग्रि कहाँ बाट आएको हो तथा यसको विषयमा अनुगमन गरिने जिल्ला प्रशासन कार्यालय अछामका सुचना अधिकारी सन्तोष बिकले बताउनुभयो ।


क्याटेगोरी : कृषि, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode