बाजुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ
बाजुरा– बाजुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । बुधबार इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
स्वामीकार्तिक खापर गाँउपालिका–३ रिवडाका ४० वर्षीय धिरेन्द्र शाहीको घर नजिक, घर तथा संकास्पद स्थान खानतलासी गर्दा घर नजिकै रहेको ओडारमा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक र ३० वर्षीय रमेश शाहीको छानो (गोठ) भित्र लुकाई राखेको अवस्थामा थप एक थान भरुवा बन्दुक बरामद गरेर दुबै जनालाई हातहतियारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया