Hikmat Acharya
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा बसको ढोकाबाट खसेर एक जना गम्भीर घाईते


बैतडी- बैतडीमा बसको ढोकाबाट खसेर सहचालक गम्भीर घाईते भएका छन्।

जिल्लाको मेलौली नगरपालिका–७ काडाँ बस्ने १८ वर्षीय बस सहचालक नविन भट्ट घाईते भएका हुन्। मेलौली नगरपालिका–१ प्रहरी चेक पोष्ट स्थित महेन्द्रनगरबाट पञ्चेशवर जादै गरेको पवन दुत यातायातको बस रोक्न खोज्दा सहचालक भट्ट खसेका हुन्।

चालक दिपक मल्लले चलाएको ना८ख ६३६१ नम्बरको बस रोक्न खोज्दा खसेर घाइते भएका भट्टलाई प्राथमिक स्वस्थ्य केन्द्र मेलौलीमा समान्य उपचार पश्चात थप उपचारको लागि डडेल्धुरा अस्पताल डडेल्धुरा पठाएको प्रहरीले बताएको छ। चालक मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode