Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

लागू औषध सहित कैलाली र बाजुराबाट चार जना पक्राउ


प्रहरीले कैलाली र बाजुराबाट लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । शनिबार कैलालीबाट ३ र बाजुराबाट १ गरी चार जना लागू औषध सहित पक्राउ परेका हुन ।

प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका १७ पथरीयाबाट स्थानीय २३ वर्षीय पप्पु राना पक्राउ परेका छन । उनको साथबाट १३० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

यस्तै धनगढी उपमहानगरपालिका १५ कनरीबाट २४ वर्षीय नबिन चौधरी पक्राउ परेका छन । उनको साथबाट २९० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ । यस्तै प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार गौरीगंगा नगरपालिका १ चौमाला बजारबाट २९ को हर्क बहादुर भाट पक्राउ परेका छन । उनको साथबाट ५० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको जनाएको छ ।

शनिबार नै जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले बडिमालिका नगरपालिका ८ मार्तडी गौडाबाट ३७ वषीय मागी धामीलाई पक्राउ गरेको छ । उनले आफ्नै घरभित्र लुकाई राखेको अवस्थामा ५८।२ ग्राम लागू औषध चरेश जस्तो देखिने कालो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode