Hikmat Acharya
  • २४ माघ २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या एक सय पुग्यो


काठमाण्डौ – वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट अहिलेसम्म एक सय जनाले ज्यान गुमाएको तथ्याङ्क छ । ६७ जना बेपत्ता भएका छन् । कम्तीमा एक सय जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ ।

ललितपुरमा २०, धादिङमा १५, काठमाण्डौमा १२, काभ्रेमा १०, मकवानपुरमा सात, सिन्धुपाल्चोकमा ६, सोलुखुम्बुमा, पाँचथर र भक्तपुरमा पाँच÷पाँच जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै दोलखामा तीन, सिन्धुली, धनकुटा र महोत्तरीमा दुई÷दुई जना तथा झापा, उदयपुर, इलाम, सप्तरी र नुवाकोटमा एक÷एक जनाले ज्यान गुमाएको पछिल्लो विवरण छ ।

प्रभावित क्षेत्रमा झन्डै १० हजार सुरक्षाकर्मी परिचालन भएका गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode