Hikmat Acharya
  • ८ कात्तिक २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

आज र भोलि पानी पर्ने तर, आत्तिनु पर्दैन्


काठमाण्डौ – कोशी प्रदेशका विभिन्न ठाउँमा गएरातिदेखि नै पानी परेको छ । झापा, मोरङ, उदयपुर, सुनसरीका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

आज र भोलि कोशी प्रदेशसँगै बाग्मती र गण्डकी प्रदेशका पहाडी भेगमा पनि पानी हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यी प्रदेशका एक, दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । तर गएको शुक्रवार र शनिवारजस्तो घनघोर वर्षा हुने सम्भावना नभएकाले आत्तिनु नपर्ने मौसमविद गोविन्द झाले जानकारी दिनुभयो । उहाँका अनुसार ठूलो वर्षा भए पनि क्षणिक हुन्छ ।

लगातार र घनघोर पानी पर्ने सम्भावना भएकाले धेरै आत्तिनु नपर्ने उहाँको भनाइ छ । तर कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन भने मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode