Hikmat Acharya
  • ११ पुस २०८१, बिहीबार
  • काठमाडौं
Paschim Raibar

भोलीबाट नवरात्री सुरु, भोली घटस्थापना


आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म मनाउने सरदीय नवरात्री यो वर्ष असोज १७ गते बिहिबारबाट सुरु हुँदैछन्। जसमा दुर्गामी असोज २५ गते शुक्रबारसम्म पुरा नौ दिन नवरात्री दुर्गापक्ष रहनेछ।

देवी पुराण अनुसार देवीको पूजापाठ आवाहन र विसर्जन बिहानको समयमा नै उत्तम हुने बताइएको छ ।

चित्रा नक्षत्र वा बैदर्दी योग भएको खण्डमा यी चिजलाई हटाएर या समाप्त हुन दिएपछि घटस्थापना गर्नुपर्दछ । यस्तो योग दिनभरि नै भएको भए अभिजित मुहुर्तमा घटस्थापना गर्नुपर्दछ ।

यस वर्ष चित्रा नक्षत्र दिउँसो ३ बजेर २० मिनेट पछि मात्रै सुरु हुने पण्डित ज्योतिष पण्डित भगवान कलौनीले बताए ।

उनका अनुसार बिहान ५ः५८ देखि ७ः ६ बजेसम्म शुभ मुहुर्त अर्थात मध्यान्न १२ः२९ देखि १२ः १६ बजेसम्म अभिजित मुहुर्त को समयमा देवीको घटस्थापना पाठपुजा आवान गर्न उत्तम समय रहेको छ।

उदया तिथि अनुसार शारदीय नवरात्रीको सुरुवात असोज १७ गते बिहीबार देखि नै हुनेछ । जसमा पहिलो दिन शैलीपुत्री, द्वितीय दिन ब्रह्मचारणी, तृतीय दिन, चन्द्रघण्टा, चतुर्थ दिन कुस्माण्डा, पञ्चम दिन स्कन्द माता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौं दिन महागौरी, नवौँ दिन सिद्धदात्री देवीको पूजा पश्चात् दशौँ दिनमा देवीजीको विसर्जन गरिनेछ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode