Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

एभरेस्ट महिला भलिबल :  चितवन र काठमाण्डौ विजयी


काठमाण्डौ – एभरेस्ट महिला भलिबल लिगमा चितवन शक्तिले दोस्रो जीत हासिल गरेको छ । हिजोको अन्तिम खेलमा चितवनले मधेश युनाइटेडलाई ३–१ को सेटमा हराएको हो । ३ खेलमा चितवनले दोस्रो खेल जित्दा मधेशले लगातार तेस्रो खेलमा हार बेहोरेको छ ।

त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भइरहेको प्रतियोगितामा चितवनको ६ अङ्क भएको छ ।

यसैबीच हिजोको दोस्रो खेलमा काठमाण्डौ स्पाइकर्सले गण्डकी थन्डर्सलाई ३–१ सेटले हराएको छ । ३ खेलमा २ खेल जितेको काठमाण्डौको पनि ६ अङ्क भएको छ । गण्डकीले भने ३ खेलमा एउटै खेल जित्न सकेको छैन ।

हिजै भएको पहिलो खेलमा ललितपुर क्विन्सलाई पराजित गर्दै कर्णाली यश्विजले लगातार तेस्रो जीत हासिल गरेको थियो । ललितपुरले पहिलो खेलमा काठमाण्डौ स्पाइकर्सलाई र दोस्रो खेलमा मधेश युनाईडेटलाई पराजित गरेको थियो । कर्णालीले भने पहिलो खेलमा मधेश युनाईटेडलाई पराजित गर्दा दोस्रो खेलमा गन्डकी थन्डर्सलाई हराएको थियो ।

एभरेस्ट महिला भलिबल लिगमा आज पनि ३ वटा खेल हुँदैछन् ।


क्याटेगोरी : खेलकुद

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode