Hikmat Acharya
  • २ कात्तिक २०८१, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

नेपाल प्रहरीकी विवादित इन्सपेक्टर बिनु निलम्बित


नेपाल प्रहरीकी एक विवादित इन्सपेक्टर निलम्बनमा परेकी छन्।

गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाहीलाई निलम्बन गरेको हो। शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएको स्रोतले बताएको छ।

प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुख हुँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ रकम असुल गरेको आरोप लागेको छ। उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो।

सो घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। उक्त छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निलम्बन लागि सिफारिस गरेको थियो।

यसविषयमा थप अनुसन्धान गरिरहेको टोलीले जनाएको छ। सो घटनामा शाहीलाई गत १० असोजमा नै निलम्बन सिफारिस भएको थियो। शुक्रबार उनको बल्ल निलम्बनको निर्णय भएको हो। हालसम्मको अध्ययनमा इन्सपेक्टर समेत यसमा प्रतिवादी बन्ने बलिया आधार भेटिएको बताइएको छ। हाल गिरोहका नाइके ताज इस्लामसहित तीन जना थुनामा छन्।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode